सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ । अस्ति शुक्रवार कीर्तिमान कायम गरेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

अस्ति शुक्रवार अहिलेसम्मकै महङ्गो तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search