कञ्चनपुरमा दम्पती मृत फेला

काठमाण्डौ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा एक दम्पती मृत फेला परेका छन् । ४५ वर्षीय रमेश बडायक र उहाँकी श्रीमती ४३ वर्षीया कमला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । मृतकको शरीर र टाउकोमा चोट भएकाले धारिलो हतियार प्रयोग भएको हुन सक्ने शङ्का गरिएको छ । घटना शङ्कास्पद रहेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search