बुद्ध एयरले नयाँ सिरिजको एटीआर विमान भित्र्यायो

काठमाण्डौ । बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्तिमार्फत जनाएको छ ।

कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ ।

काठमाण्डौ र भैरहवा विमानस्थलमा झण्डै ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ । बुद्ध एयरलेसँग अहिले एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० विमान छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search