गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको ज्यान गयो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मध्यविन्दु नगरपालिका वडा नम्बर ६ भण्डाराका ६५ वर्षका नाथुराम थारु रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । घर नजिकै खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको हो । थारुको घटनास्थलमै ज्यान गएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search