काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना हुनुभएको छ ।
प्रधानमन्त्री ओलीले अस्पतालमा बुबालाई भेटेको फोटो फेसबुकमा पोस्ट गर्दै बुबालाई काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री ओलीले बुबालाई फोक्सोसम्बन्धी समस्या भएर उपचार भइरहेको र अहिले स्वास्थ्य स्थिति सामान्य रहेको पनि उल्लेख गर्नुभएको छ ।











