च्याम्पियन्स ट्रफी हाइब्रिड मोडलमा आयोजना होला रु आईसीसीले आपत्कालीन बैठक बोलायो

च्याम्पियन्स ट्रफी आयोजनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले आपत्कालीन बैठक बोलाएको छ । आईसीसीले आउँदो मङ्गलवार बोलाएको बैठकमा च्याम्पियन्स ट्रफी २०२५ बारे चर्चा हुने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

च्याम्पियन्स ट्रफी पाकिस्तान वा अन्य कुनै देशमा आयोजना गर्नेगरी हाइब्रिड मोडलु मा सञ्चालन गर्न सकिन्छरसकिँदैन भन्ने कुरा बैठकको एजेन्डा रहेको खबरमा उल्लेख छ । प्रतियोगिताको अपेक्षित शुरुआत हुन एक सय दिनभन्दा कम समय बाँकी छ ।

आयोजक पाकिस्तान क्रिकेट बोर्ड पीसीबी ले च्याम्पियन्स ट्रफी आयोजनाका लागि आउँदो फेब्रुअरी १९ देखि मार्च ९ सम्मको समय निर्धारण गरेको छ । यद्दपि आईसीसीले अहिलेसम्म तालिका सार्वजनिक गरेको छैन । प्रतियोगिताका लागि भारत सरकारले भारतीय टोलीलाई पाकिस्तान भ्रमणको अनुमति नदिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले आईसीसीलाई जानकारी दिएको छ ।

सन् २०२१ नोभेम्बरको प्रतियोगिताको आयोजनाका लागि पाकिस्तानले अधिकार पाएको थियो र पाकिस्तान लाहोर, कराँची र रावलपिन्डीमा प्रतियोगिता आयोजना गर्न दृढ छ ।

गएको वर्ष पनि भारतले एशिया कपका लागि पाकिस्तान जान अस्वीकार गरेपछि पाकिस्तान र श्रीलङ्कामा ुहाइब्रिडु मोडलमा प्रतियोगिता आयोजना गर्नुपरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search