सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search