यू–१९ महिला एशिया कप : भारतसँगको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाण्डौ । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ुसुपर–४ु मा प्रवेश गरिसकेको छ । भारत पनि पाकिस्तानलाई हराउँदै ुसुपर–४ु मा पुगिसकेको छ । पाकिस्तान लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।

विश्वकपमा छनोट भएको नेपाली टोली १९ वर्षमुनिको एशिया कपमा स्वतस् छनोट भएको हो । १९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । महिला एशिया कप पहिलो पटक आयोजना भइरहेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search