यू–१९ महिला एशिया कप : नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

काठमाण्डौ । १९ वर्षमुनिको महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई २८ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र भारतले १र१ अङ्क बाँडेका छन् । योसँगै भारत समूह ए को विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ ।

यसअघि मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालकी कप्तान पूजा महतोले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसोदियाले ४ विकेट लिइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै सुपर–४ मा प्रवेश गरिसकेको छ । भारत पनि पाकिस्तानलाई हराउँदै सुपर–४ मा पुगिसकेको छ ।

विश्वकपमा छनोट भएको नेपाली टोली १९ वर्षमुनिको एशिया कपमा स्वतस् छनोट भएको हो । १९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । महिला एशिया कप पहिलो पटक आयोजना भइरहेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search