महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालले आज इटालीसँग खेल्दै

काठमाण्डौ । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज इटालीसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ५ बजेदेखि रुवान्डामा शुरु हुनेछ ।

यसअघि नेपालले खेलेका ७ खेलमा ४ जित र ३ हार बेहोरेको छ । नेपाल अमेरिकासँग दुवै खेलमा र भानुआटुसँगको पहिलो खेलमा पराजित भएको थियो भने घरेलु टोली रुवाण्डालाई दुवै खेलमा, इटालीलाई पहिलो खेलमा र हिजो भएको खेलमा भानुआटुलाई हराएको थियो ।

प्रतियोगितामा अमेरिका, नेपाल, इटाली, भानुआटु र आयोजक रुवान्डा छन् । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । महिला टी–२० च्यालेन्ज ट्रफीको शीर्षस्थानमा रहेको अमेरिकाले उपाधि जितेको छ । उपाधि जितिसकेको अमेरिकाले पनि आफ्नो अन्तिम खेल आज रुवाण्डासँग खेल्दैछ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search