काठमाण्डौ । नेपालको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव मनाउने भएको छ ।
इप्पानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव आउँदो माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो ।
लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र पाँच सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनी सदस्य रहेको ऊर्जा उद्यमीको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिलाई प्रस्तुत गर्नका लागि विशेष कार्यक्रमसहित रजत जयन्ती मनाइने इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।