काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब खेल्दै छन । खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा दिउँसो १२ बजे शुरू हुनेछ ।
हिजो भएको खेलमा शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफले अन्तिम स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकालाई १०–० गोलको फराकिलो अन्तरले हराएको थियो ।
एपीएफसहित दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बाग्मती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।
एन्फा महिला लिगको पहिलो चरणमा १० टोली रहेकामा दोस्रो चरणमा ५ वटा टोली पुगेका हुन् ।











