मकालु । संखुवासभाको मकालु गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुलाई अंग्रेजी,गणित र विज्ञान विषयको तालिम दिइएको छ । मकालु गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय नुमको आयोजनामा माघ २० गते देखि २४ गते सम्म ५ दिबसीय तालिम दिइएको होे ।
अंग्रेजी, गणित र विज्ञान विषयका विज्ञहरुद्वारा तालिम दिइएको हो । तालिममा ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । शिक्षकहरुको पेशागत विकास गर्न, नयाँ शैक्षणिक पद्वतिहरुको कार्यन्वयन गर्न तथा विषयबस्तुमा देखिएका समस्याहरुको समाधान गर्ने उद्घेश्यले तालिम सञ्चान गरिएको मकालु गाउँपालिका शिक्षा शाखा अधिकृत नवराज ढुंगानाले जानकारी दिनु भयो ।












