त्रिशूलीमा हराइरहेका रानाको शव ९ दिनपछि भेटियो

काठमाण्डौ । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । ईच्छाकामना गाउँपालिका–५ मा पुलबाट मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा हराएका रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आज बिहान फेला पारेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल गएको फागुन २ गते दुर्घटना भएको थियो ।

नदीमा हराएका भारतीय सेनामा कार्यरत चितवनको भरतपुर महानगरपालिका–१ रामपुरका २७ वर्षीय रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search