लमजुङमा आगलागी, एक जना महिलाको ज्यान गयो

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका-९ बुद्धटोलमा रहेको एक घरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ ।

स्थानीय बासिन्दा भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी दोर्दी गाउँपालिका-१ की ७० वर्षीया मिठी थापाको ज्यान गएको हो ।

आज बिहानै साढे तीन बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उहाँ बसेको कोठाको ढोका फोरेर उहाँलाई बाहिर निकालेको थियो ।

जलेर गम्भीर घाइते थापाको बेँसीशहरको प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search