अमेरिकामा ट्रम्पको व्यापार करविरुद्धको आदेश पुनरावेदन अदालतले रोक्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार कर नीतिविरुद्ध अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानूनी घोषित गरेकोमा अमेरिकी सङ्घीय पुनरावेदन अदालतले यो आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका बनेको अदालतले हिजो ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो ।

अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको व्यापारलाई नियमन गर्ने विशेष अधिकार कंग्रेस अर्थात अमेरिकी संसद्लाई दिएको र राष्ट्रपतिले अर्थतन्त्र सुधार गर्ने मनसायको लागि यी अधिकारहरूमाथि अतिक्रमण गर्न नमिल्ने बताएको थियो ।

ट्रम्प प्रशासनले यो निर्णयविरुद्ध पुनरावेदन गरेको थियो । आफ्नो पुनरावेदनमा, ट्रम्प प्रशासनले व्यापार मामिलामा अदालतको फैसलाले महिनौंदेखि चलिरहेको व्यापार वार्तालाई बिथोल्ने खतरा रहेको बताएको छ । सङ्घीय पुनरावेदन अदालतको अन्तरिम आदेशअनुसार, ट्रम्प प्रशासनले सुनुवाइ पूरा नभएसम्म आयात कर सङ्कलन गर्न पाउँछ । यस मुद्दाको अर्को सुनुवाइ जुन ५ तारिखमा हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search