कर्णाली कोरिडोरको खुलालुबाट लालीघाटसम्मको सडक

कालीकोट । कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु सल्लीसल्ला सडकअन्तर्गत कालीकोटको खुलालुबाट लालीघाटसम्मको सडक पाँच दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना निकालेर कोरिडोरको दक्षिण खण्ड खुलालुबाट लालीघाटसम्मको सडकमा आरसीसी गर्नुपर्ने भएकाले आउँदो जेठ २० गतेदेखि २४ गतेसम्म बन्द गर्न लागेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार सडक स्तरउन्नतिको समयमा उत्तरतर्फ बाजुरा, हुम्ला र मुगुलगायतका जिल्लाबाट छुट्ने गाडीलाई लालीघाटसम्म आउन दिने व्यवस्था गरिएको छ ।

त्यस्तै दक्षिणतर्फ सुर्खेत, दैलेख, अछामलगायतका जिल्लाबाट छुटेका गाडी कालेखोला जिरोपइन्टसम्म आवतजावतको व्यवस्था मिलाइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search