काठमाण्डौ । आज सुनको भाउ आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सयले बढेर तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५० रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय रुपैयाँ रहेको थियो ।