सिन्धुपाल्चोकमा बालिकाको बलात्कारपछि हत्या, ५ जना पक्राउ

काठमाण्डौ । सिन्धुपाल्चोकमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको छ ।

गएको असार ११ गते भोटेकोशी गाउँपालिका–५ छ्याङ्दीको एक जङ्गलमा बालिका मृत फेला परेकी थिइन् । उनको हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search