लघुवित्तले स्थिर ब्याजदर प्रकाशन गर्नुपर्ने

काठमाण्डौ । लघुवित्त संस्थाले अबदेखि स्थिर ब्याजदर पनि प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एकीकृत निर्देशनमा लघुवित्तले ब्याजदर घटाउँदा वा बढाउँदा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । यसअनुसार ग्राहकले कर्जा लिँदा परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरमध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।

परिवर्तनीय ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न नपाइने निर्देशनमा उल्लेख छ । स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न पाइने छैन । यस्तै लघुवित्तले परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरको विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै साउन १ देखि लघुवित्तले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर ‘आधार दर’सँग आबद्ध गरी तय गर्नु पर्ने व्यवस्था गरेको पनि गरेको छ । यसरी ब्याजदर तय गर्दा आधार दरमा अधिकतम ३ प्रतिशत मात्रै प्रिमियम लिन पाउने व्यवस्था गरिएको छ । तर, वाणिज्य बैंकहरुको औसत आधार दरभन्दा लघुवित्तले दिने कर्जाको ब्याजदर ९ प्रतिशत विन्दुभन्दा माथि हुन नहुने निर्देशिकामा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search