पानी परिरहेका बेलामा पनि आगलागीका घटना

काठमाण्डौ । देशभर पानी परिरहेका बेला पनि आगलागीका घटनाका भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो र अस्ति मात्रै छ वटा आगलागीका घटना भएका छन् । त्यसबाट छ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् । गएको वैशाखदेखि साउन ४ गतेसम्म नौ सय ६९ वटा आगलागीका घटना भएका छन् ।

त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । गएको वैशाखदेखि अहिलेसम्म वन डढेलोबाट दुई जना घाइते भएका छन् भने २७ घरपरिवार प्रभावित भएका छन् ।

यसअवधिमा हावाहुरीबाट आठको ज्यान गएको छ । कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । यस अवधिमा ६३ वटा सर्पदंशको घटना भएका छन् । सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छ भने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् ।

देशभर बाढीको एक सय ३७ घटना भएका छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् । पहिरोमा एक सय ८३ वटा घटना भएको छ ।

पहिरोमा परेर सात जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् । यस अवधिमा देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको ज्यान गएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search