बोतलमा राखेको डिजेल खाँदा उदयपुरमा एक जनाको ज्यान गयो

काठमाण्डौ । उदयपुरमा डिजेल खाँदा एक जनाको ज्यान गएको छ । घरमा बोतलमा राखेको डिजेल अन्जानमा खाँदा ९३ वर्षका नारायण श्रेष्ठको ज्यान गएको हो । गएराति डिजेल पिएपछि बिरामी परेका श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै उदयपुरमै करेन्ट लागेर एक जना बालकको ज्यान गएको छ । गएराति घरमा बिजुलीको बल्ब होल्डरमा जोड्ने क्रममा करेन्ट लागेर त्रियुगा नगरपालिका वडा नम्बर ७ का देवन विकको ११ वर्षीय छोरा दर्शनको ज्यान गएको हो । दुवै घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search