बहुविवाहलाई मान्यता दिने कुनै पनि विधेयक सरकारले ल्याउँदैन : मन्त्री चौरसिया

काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई मान्यता दिने कुनै पनि विधेयक सरकारले नल्याउने बताउनुभएको छ । बहुविवाहलाई मान्यता दिने गरी कानून संशोधनको मस्यौदा तयार गरिएको भन्नेबारेमा प्रतिनिधिसभामा उठेका प्रश्नको आज जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारले विधेयकमा ठाउँ नदिने बताउनुभयो ।

बहुविवाहलाई मान्यता दिने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्न लागिएको समाचार सार्वजनिक भएपछि यसबारेमा व्यापक बहस भइरहेको छ । उहाँले सरकारले तयार गरेको मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेर छलफलसमेत गरिएको भन्दै छलफलका क्रममा बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने माफीजस्ता विषयमा थप अध्ययन आवश्यक देखिएको बताउनुभयो । मन्त्रिपरिषद्को विधेयक समितिमा कानूनमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search