राजनीतिक दलसम्बन्धी कार्यविधिविरुद्ध विपक्षी पार्टीहरु एक ठाउँमा

काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी पार्टीहरु राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२ विरुद्ध एक ठाउँमा उभिएका छन । विपक्षी दलले यसलाई संविधान विपरित भनेका छन । हिजो बसेको विपक्षी दलहरुको बैठकले कार्यविधिले दलमाथि नियन्त्रण गर्ने नियत राखेको ठहर गरेको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिले कांग्रेस र एमालेबाहेकका दलहरुलाई सक्ने योजना रहेको आरोप लगाउनु भयो । यसमा निर्वाचन आयोग पनि लागेको उहाँको आरोप छ ।

निर्वाचन आयोगले सचिव नेतृत्वको समितिले राजनीतिक दलहरुको मूल्याङ्कन, सञ्चालन, रेखदेख, निर्देशन गर्ने व्यवस्थासहित कार्यविधिको मस्यौदा तयार गरेको छ । यसले राजनीतिक पार्टीहरुलाई नियन्त्रण गर्ने भन्दै साना तथा विपक्षी दलहरु एक ठाउँमा उभिएका हुन । आयोगले राजनीतिक दल स्वमूल्याङकन कार्यविधि २०८२ को मस्यौदामा आजसम्म सुझाव तथा रायसल्लाह दिन सरोकारवालालाई भनेको छ ।

प्रस्तावित कार्यविधिमा राजनीतिक दलले आफ्नो आन्तरिक कार्यविधि व्यवस्थित गर्दै कामकारबाही पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्याङ्कन गरी आयोगमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search