भारत हुँदै खाडी देश पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

काठमाण्डौ । भारतको बाटो भएर तेस्रो देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार गैरकानूनी तरिकाले भारत हुँदै तेस्रो देश लैजान लागिएका महिलाहरुको उद्धार गरी हिजो नेपाल फर्काइएको हो ।

दूतावासका अनुसार दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी देश लैजान लागिएको थियो । भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search