टी–२० विश्वकप : इटालीसँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाण्डाै । आईसीसी टी–२० विश्वकपमा इटालीसँगकाे खेलमा नेपालले टस हारेकाे छ । भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर बलिङ राेजेका छन् ।

आजकाे खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गर्दैछन् । उनी शेर मल्लकाे ठाउँमा टाेलीमा परेका हुन् । प्रतियाेगितामा नेपालकाे याे दाेस्राे खेल हाे । पहिलाे खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएकाे थियाे । यस्तै इटाली पहिलाे खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएकाे थियाे । समूह ‘सी’ मा नेपाल चाैथाे र इटाली पुछारमा छन् ।

टी–२० विश्वकपमा आज भएकाे पहिलाे खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दाेस्राे जीत हासिल गरेकाे छ । आजै तेस्राे खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search