काठमाण्डौ । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा रहेको जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गएराति भएको आगलागीमा झण्डै १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिनुभयो । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् ।
आगलागी जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट परिचालन भएका पाँच वटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो । यसैबीच, क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने ढल्केवर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो । आगलागीको कारण भने खुलेको छैन ।











