पूर्वमन्त्री दीपक खड्कालाई छाड्न सर्वोच्चको आदेश

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो खड्कालाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको नदेखिएको भन्दै थुनाबाहिरै राख्न आदेश दिएको हो ।
‘निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ ।

प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि गएको चैत १५ गते खड्कालाई पक्राउ गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search