काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने लगायतका नयाँ व्यवस्था कार्यान्वयनमा आएको दिन हिजो १३.१७ अङ्कले घटेको शेयर बजार आज १८.१० अङ्कले घटेर २८०७.१२ अङ्कमा झरेको छ ।
आज होटल र पर्यटन बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत् र अन्य समूह एक प्रतिशत भन्दा धेरैले घटेको छ । आज डोल्टी पावर कम्पनीको शेयर झन्डै नौ प्रतिशतले घट्यो । समग्रमा बजार घटेपनि सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीको शेयर १५ प्रतिशतले बढेको छ ।
आज कारोबार रकममा भने थोरै सुधार भएको छ । हिजो ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ ।











