इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी अन्त्य नहुने ट्रम्पको चेतावनी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी अन्त्य नहुने बताउनुभएको छ । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि हुने भनिएको दोस्रो चरणको वार्ताबारे अन्योल यथावत् रहँदा ट्रम्पको पछिल्लो टिप्पणी आएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा पहिलो चरणको वार्ता निष्कर्षविहीन भएलगत्तै शुरु भएको नाकाबन्दीले इरानलाई पूर्ण रूपमा क्षति गरेको उल्लेख गर्नुभएको छ ।

साथै आफ्नो देशले युद्धमा धेरै जीत हासिल गरेको उहाँको दाबी छ । अमेरिका र इरानबीच १० दिने युद्धविराम सकिनुअघि ट्रम्पको टिप्पणी आएको हो । पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको शान्ति वार्ता अहिलेसम्म अनिश्चित छ । पाकिस्तानले सम्भावित वार्ताको तयारी गरेको छ । तर अमेरिकी तथा इरानी प्रतिनिधिमण्डल सहभागी हुने/नहुने अन्योल यथावत् रहेको बीबीसीले जनाएको छ ।

विश्वकै अति महत्त्वपूर्ण जलमार्गमध्येको होर्मुज स्ट्रेटमा इरानले झण्डै दुई महिनादेखि आफ्नै नाकाबन्दी कायम राखेको छ । इरानी नाकाबन्दीका कारण ऊर्जाको मूल्य विश्वभरि नै बढेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search