एन्फामाथिको निलम्बन फिर्ता लिन राखेपलाई फिफा र एएफसीको आग्रह

काठमाण्डाै । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरेका छन् ।

फिफाका चिफ मेम्बर एसोसिएशन अफिसर एलखान ममादोभ र एएफसीका डेपुटी जनरल सेक्रेटरी भाहिद कर्दानीले राखेपलाई संयुक्त रूपमा पत्र लेख्दै यही वैशाख २१ गतेभित्र एन्फामाथिको निलम्बन फिर्ता लिन आग्रह गरेका हुन् । राखेपको निर्णयले एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने फिफा र एएफसीको भनाइ छ ।

यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search