इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको ज्यान गयो

काठमाण्डौ । युद्धविरामबीच इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको ज्यान गएको छ । इजरायल र लेबनानको सिमाना अलतायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षिया पत्रकार अमल खालिल मारिएको अलजजिराले जनाएको छ । खालिलसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते हुनुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार घटनाक्रमको रिपोर्टिङ गरिरहेको बेला उनीहरू रहेको गाडीको अगाडि रहेको अर्को गाडीमा हमला भएको थियो । त्यसपछि उनीहरू गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए । तर अर्को हमला त्यही घरमै भएपछि खालिल मारिएको खबरमा उल्लेख छ ।

करिब सात घण्टापछि मात्रै खालिलको शव भग्नावशेषबाट निकालिएको समाचारमा उल्लेख छ । यसैबिच, लेबनानका प्रधानमन्त्री नवाफ सलामले पत्रकारमाथि आक्रमण र उद्धार कार्यमा अवरोध पुर्‍याउनु युद्ध अपराध भएको भन्दै यस घटनाबारे अन्तर्राष्ट्रिय निकायमा जानकारी गराउने बताउनुभएको छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search