सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिलाई गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरुङले वैशाख ९ मा राजीनामा दिनुभएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरुङ राजीनामा दिन बाध्य हुनुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search