कोशी प्रदेशका सञ्चारकर्मीको प्रतिवद्धता : भोजपुरको पर्यटन प्रवर्धनमा सहयोग गछौ

 संखुवासभा । कोशी प्रदेशका बिभिन्न जिल्लामा कार्यरत सञ्चारकर्मीहरुले भोजपुरको पर्यटन क्षेत्रको प्रवर्धनका लागि सञ्चार माध्यम मार्फत सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

‘पर्यटन प्रवद्र्धन तथा सञ्चार’ विषयक भोजपुर सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि हुदै मोरङ, सुनसरी, झापा, संखुवासभा लगायतका जिल्लाका सञ्चारकर्मीहरुले सरकारको एक सय गन्तव्य सुचीमा रहेको मृुन्दुम पदमार्ग, धार्मिक स्थलहरु, ऐतिहासिक टक्सार बजार, टेम्केडाँडा, सिलिचुड, साल्पापोखरी लगायतका जिल्लाको प्रमुख पर्यटकीय गन्तब्य मानिएका क्षेत्रहरुको पर्यटन प्रवर्धनका लागि प्रचारप्रसार सहित सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

भोजपुर नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कैलाश कुमार आलेले जिल्लाको पर्यटन विकासका लागि स्थानीय तहले विभिन्न योजनाहरु अघि बढाइरहेको बताउँदै जिल्लाका पर्यटकसँग सम्वन्धित गन्तव्य र क्षेत्रहरुलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले जिल्लाका पर्यटनसँग सम्वन्धित बिषयमा जानकारी दिनु भएको थियो । अन्तरक्रियामा सहभागि कोशीमा कार्यरत पत्रकारहरु मीन कुमार श्रेष्ठ, ज्ञानेन्द्र निरौला, सञ्जिव वाग्ले, सुजन बज्रचार्य लगायतले जिल्लाका प्रसिद्ध धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको तस्बिर, विवरण र ऐतिहासिक महत्व समेटिएका सामग्री तथा समाचार प्रकाशन गर्दा पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने भएकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search