आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना

काठमाण्डौ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली, पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ । कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भागका र मधेश प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search