सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीकाे भाउ घटेर आज ताेलाकाे ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search