सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधिसभाका सांसदहरूको विश्लेषण

काठमाण्डाै । प्रतिनिधिसभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन् । आज बसेको बैठकमा सांसद रिङ्गला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो । सांसद रीना उप्रेतीले सरकारले प्रेसमाथि अकुङ्श लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो । सांसद रीमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो ।

यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै प्रतिनिधिसभामा आपत्ति प्रकट गर्नुभएको छ । महँगी नियन्त्रण, सहकारी पीडितको बचत फिर्ताको स्रोत र सुकुम्वासी व्यवस्थापनजस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा आज दुई वटा विधेयक पेश भएका छन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ पेश गर्नुभएको हो ।

दुई वटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search