प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको प्रमुखमा आवेदन खुल्यो

काठमाण्डौ । प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले यही जेठ १८ गतेसम्म दरखास्त आह्वान गरेको हो । सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो ।

यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ ।

नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार इच्छुक उम्मेदवारले १० दिनभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search