हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से १२ दशमलव ३६ अङ्कले घटेर २ हजार ७४२ दशमलव ११ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन् । आज १८८ वटा कम्पनीको शेयर घट्दा ७२ वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर झन्डै १५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुङ्गल हाइड्रोको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीका ८९ लाख ५५ हजार कित्ता शेयर ३ अर्ब ८९ करोड रुपैयाँमा किनबेच भएको छ ।











