मकालु । संखुवासभाको मकालु गाउँपालिका ३ उवामा अवस्थित पाथिभरा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। साब्लाबुङ पुस्तकालय अभियान नेपाल हङकङद्वारा साब्लाबुङ पुस्तकालय स्थापना गरिएको हो।
साब्लाबुङ पुस्तकालय अभियान संखुवासभा जिल्ला प्रतिनिधि मानदेव प्यासीको उपस्थितिमा पुस्तकालय स्थापना सम्पन्न भएको हो। पुस्तकालय स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई प्रत्यक्ष सिकाइमा टेवा पुग्नुका साथै समाज परिवर्तन हुने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन राईले बताउनु भयो ।
उक्त कार्यक्रमको अवसरमा श्रस्टा सम्मान गरिएको थियो। साब्लाबुङ पुस्तकालय अभियानका प्रमुख साहित्यकार राजकुमार राई र पाथीभरा आधारभूत विद्यालायका पुर्व प्रधानाध्यापक तथा श्रस्टा मानदेव प्यासीलाई सम्मानपत्रद्वारा सम्मान गरेको प्रधानाध्यापक भुवनसिङ राईले बताउनु भयो ।

पुस्तकालय स्थापना भएकोमा साब्लाबुङ परिवारलाई शिक्षक अभिभावक संघ संयोजक कालुमान राईले धन्यवाद व्यक्त गर्नुभयो।











