लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार

काठमाण्डौ । लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनुभएको छ ।

उहाँले बृहत् युद्धविराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ । अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्धविरामका लागि सहमति जनाएलगत्तै हिजबुल्लाहको प्रतिक्रिया आएको हो ।

लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाइँको दिगो अन्त्यको लागि ‘अन्तिम मौका’ भन्नुभएको छ । हेजबुल्लाहले भने इजरायल–लेबनान वार्तालाई अस्वीकार गरेको छ ।

इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनाथ गरिएको छ र इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search