काठमाण्डौ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सोधपुछ गरेर छोडेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उहाँलाई हिजो दिनभर सँगै लिएर राति घरमै छोडेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उहाँलाई सोधपुछ गरेर छोडिएको बुझिएको छ ।
त्यसअघि उहाँलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो । मुद्दा चलाउने किसिमको केही आधार नदेखिएपछि उहाँलाई सोधपुछ गरेर मात्रै छोडिएको हो ।
पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ ।











