नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर ४९ जनाको ज्यान गयो

नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर ४९ जनाको ज्यान गएको छ । इद वर्प मनाएर मालीबाट फर्किंदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर–अल्जेरिया सीमा नाका असामाकाभन्दा ८० किलोमिटर पश्चिममा अलपत्र परेका थिए ।

अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रुहरु कैयौं दिन रोकिए । ट्रक मर्मत गर्ने प्रयास असफल भयो भने उनीहरुसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ट्रकमा एक सय जनाभन्दा धेरै यात्रु थिए । उनीहरु मध्ये दुई जना ५० किलोमिटरभन्दा बढी पैदल हिँडेपछि पानी भेटेका थिए । पानी पिएर असामाका पुगेर प्रशासनलाई जानकारी गराएपनि उद्धार टोली गएको थियो ।

उद्धार टोली घटनास्थल पुग्दा ट्रकमुनि र वरिपरि गरी ४९ वटा शव फेला परेका थिए । ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन् । त्यहाँ बचेकाहरुलाई लिएर फर्कँदा टोलीले ६० जनाभन्दा बढी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर तीन दिनदेखी रोकिएको भेटायो । उनीहरुलाई पनि टोलीले उद्धार गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search