प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन

काठमाण्डौ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवादसम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ । पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्नेक्रममा ‘नेपालले पनि भारतको भूमी मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । अभिव्यक्ति पछि विपक्षी दल तथा नागरिक अगुवाहरुले प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले नेपालको भूमी अरूलाई पनि मिच्न नदिने र नेपालले अरुको भूमी मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धर्ना दिइराख्ने बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search