काठमाण्डाै । ग्लोबल आईएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरूलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरूबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य शुरुआत भएको हो ।
सम्झौताबमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १५ हजार रुपैयाँ वा त्याेभन्दा धेरैको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन । ग्राहकले आफूलाई अनुकूल हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन ।
साथै यस सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बीबीएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने भएको छ ।
भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन् । शुरुआतमा यो कार्ड बीबीएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।
याे कार्डमार्फत ग्राहकहरूले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाहरुूको लाभ लिन सक्नेछन् ।
याे सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लाभान्वित गर्ने उद्देश्य बैंकले लिएको छ ।
दुवै संस्थाले आउँदा दिनमा संयुक्त रूपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक केन्द्रित योजनाहरू सञ्चालन गर्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन् । यो योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ ।










