६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिविना कुवेतमा : मन्त्री यादव

काठमाण्डाै । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिविना कुवेतमा काम गरिरहेका जानकारी गराउनुभएको छ । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नकाे जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो । त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँले बताउनुभयो । घरेलु श्रमिकको विषयमा अहिले आफूहरू ‘पोलिसी ट्रयाप’ मा फसेको उहाँको भनाइ छ ।

मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो । ऐन संशोधनको मस्यौदा आउँदाे आइतवार जेठ ७ गतेभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनुभयो ।

सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिपरेको दाबी गर्नुभयो । विदेशमा गएकोहरूको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क सङ्कलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search