६ जिल्लामा बाढीको जोखिम

काठमाण्डौ । आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र आकस्मिक बाढी को जोखिम रहेको महाशाखाले जनाएको छ । नदी किनार, खोल्सी तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त गतिविधि नगर्न महाशाखाको आग्रह छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search