सरकारले १०० दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न सकेन : हर्क साम्पाङ

काठमाण्डाै । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले १०० दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाण्डौ फर्किएसँगै अध्यक्ष साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो । महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले १०० दिनमा गरेका काम नागरिकले अपेक्षा गरेजस्तो नरहेको बताउनुभयो ।

आफ्नाे पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाइ छ । उहाँले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ घटाएको भन्दै यो निर्णयको समर्थन गर्नुभयो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले १०० दिनमा गरेका काम भोलि सार्वजनिक गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित १०० दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ ।

वर्तमान सरकार गठन भएको भोलि शनिवार १०० दिन पुग्दैछ । प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत १३ गते शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरेको थियो ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search