नयाँ प्रणालीमार्फत राहदानी दिन शुरू

काठमाण्डाै । राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह शुरू गरेको छ । विभागले विज्ञप्ति निकालेर काठमाण्डाैको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ ।

विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन् । नयाँ प्रणालीको स्थिरीकरणको अवधि ३ महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित हने अपेक्षा गरेको विभागको भनाइ छ ।

विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

विभागका अनुसार झन्डै १ करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको छ । नयाँ प्रणालीको शुरुआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search