काठमाण्डाै । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाण्डाैको माइतीघरमा प्रदर्शन गरेको छ । उचित व्यवस्थापनविना सुकुम्वासी बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ ।
सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्वासीलाई होल्डिङ सेन्टरमा राखेको थियो । तर केही दिनअघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ ।
चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि समस्या फेरि बल्झिएको छ । सुकुम्वासीको अवस्था बुझ्न सेन्टरमा पुगेका नवयुवा अभियन्तालाई प्रहरीले बल प्रयोगसहित पक्राउ पनि गरेको छ ।
सुकुम्वासीले आफूहरूकाे तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।











